१० सहकारीलाई सम्मान
१० सहकारीलाई सम्मान
चैत २१,गोरखा । गोरखा नगरपालिकाले जिल्लाका उत्कृष्ट १० सहकारीलाई अनुदान सहित सम्मान गरेको छ । ६५ औँ सहकारी दिवसको अवसरमा नगरपालिकाले नगद ५०÷५० हजार सहित १० सहकारीलाई सम्मान गरेको हो ।
५० हजार अनुदान सहित सम्मानीत हुने सहकारीमा वडा नम्वर १३ को महाकाली बचत तथा ऋण सहकारी संस्था, वडा नम्वर १ को छापथोक कृषि सहकारी संस्था, वडा नम्वर ७ को जनमुखी उपभोक्ता सहकारी संस्था, ८ को तारापुञ्ज बाख्रा पालन कृषि सहकारी संस्था रहेका छन् । त्यस्तै वडा नम्वर ६ को सिद्धिगणेश वचत तथा ऋण सहकारी संस्था, ६ कै गोर्खाली वचत तथा ऋण सहकारी संस्था, वडा नम्वर १० को गण्डकी वचत तथा ऋण सहकारी संस्था, ९ को गोरखकाली वचत तथा ऋण सहकारी संस्था, २ को बाघ भैरव वचत तथा ऋण सहकारी संस्था र वडा नमवर १० को दरौदी वचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
सर्वसुलभ सेवा प्रवाह र ब्यवस्थित कारोवार गर्ने सहकारीलाई सम्मान गरिएको गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेत प्रसाद अंगाइले बताए । गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, सहकारी संघका महासचिव सरोज देवकोटा, संघका लेखा संयोजक सुजन कुवँर लगायतले मन्तब्य राखेका थिए ।