पृथ्वीनारायण खानेपानीको अध्यक्षमा खड्का
पृथ्वीनारायण खानेपानीको अध्यक्षमा खड्का
चैत २२,गोरखा । पृथ्वीनारायण शाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा सिता खड्का चयन भएकी छिन् ।
सोमबार सदरमुकममा समपन्न अधिवेशनबाट उपाध्यक्षमा शुरेसमान श्रेष्ठ, सचिव रामशरण आचार्य र कोषाध्यक्षमा नविन कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य सचिव हरिहर दवाडीले बताए ।
त्यस्तै सदस्यहरुमा रन्जिला श्रेष्ठ,काजीराम श्रेष्ठ, शरद श्रेष्ठ, खडानन्द भट्ट र सरस्वती श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अधिवेशनका लागि ६ वटा क्षेत्रीय उपसमिति र कार्यसमितिबाट प्रतिनिधिहरुले भाग लिएका थिए ।