बुढीगण्डकी प्रभावितलाई पुनर्वासको ब्यवस्था मिलाउन माग
बुढीगण्डकी प्रभावितलाई पुनर्वासको ब्यवस्था मिलाउन माग
चैत २७,गोरखा । बुढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण सँगै पुनर्वासको ब्यवस्थापन मिलाउन जनता समाजवादी पार्टीले माग गरेको छ ।
घर गोठ बोटविरुवाको मुआब्जा वितरण गर्दा प्रभावित क्षेत्रका नागरिकको पुर्नवासको ब्यवस्थालाई वेवास्ता गरी ‘मुआब्जा रकम प्राप्त भइसकेपछि नेपाल सरकार बुढीगण्डकी आयोजनाले तोकेको मिति भित्र आफ्नो वसाइ अन्यत्र ब्यवस्थापन गर्न मञ्जुर छु’ भनी मञ्जुरी नामा गर्न लगाएको प्रति ध्यानाकर्षण भएको सो पार्टीले जारी गरेको बत्तब्यमा उल्लेख छ ।
मुचुल्कामा मञ्जुरी नामा नगराइ प्रभावित नागरिकलाई मुआब्जा वितरण गर्न जसपाले माग गरेको छ । परियोजनाको मोडालिटीवारे आयोजना अझै अस्पष्ट रहेकाले तत्काल छिनोफानो गर्नुपर्ने बक्तब्यमा उल्लेख छ ।