वडा नम्वर १२ को कार्यालय भवन उद्घाटन
वडा नम्वर १२ को कार्यालय भवन उद्घाटन
चैत २७,गोरखा । गोरखा नगरपालिका–१२ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रबार गोरखा नगर पालिकाका नगर प्रमुख राजन राज पन्तले नवनिर्मित भवनको उद्घाटन गरे । करिव एक करोडको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको ६० लाख र गोरखा नगरपालिकाको लागत साझेदारमा भवन निर्माण सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
भवन उ्दघाटन समारोहमा भवन निर्माण समितिका पदाधिकारी तथा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष डिल वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पन्त, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त, वडा नम्वर ४ का वडा अध्यक्ष खोप वहादुर अधिकारी, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान प्रसाद ढकाल लगायतले मन्तब्य राखेका थिए ।