नगरपालिकाका २५ महिलालाई सिलाई मेसिन वितरण
नगरपालिकाका २५ महिलालाई सिलाई मेसिन वितरण
चैत २७,गोरखा । गोरखा नगरपालिकाले २५ जना महिलाहरुलाई लुगा सिलाउने मेसिन वितरण गरेको छ । उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत महिलाहरुलाई प्रविधि हस्तान्तरण गरिएको हो । नगरपालिकाले यस अघि संचालन गरेको लुगा सिलाउने तालिम लिएका महिलाहरुलाई लक्षित गरेर मेसिन हस्तान्तरण भएको छ ।
मेसिन वितरणका लागि तिन दिने सुचना प्रकाशित भएको थियो । यस अघि लिएको तालिमको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र प्रतिलिपि लगायतको आधारमा मेसिन वितरण भएको गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले बताइन् । नगर उपप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजन राज पन्त, शिक्षा शाखाका चन्द्रवहादुर खड्का लगायतले मन्तब्य राखेका थिए ।
सिप सिकेर जिविकोपार्जन र आर्थिक सवल वनाउन मेसिनरी सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ‘महिलाहरु उद्यमी वनुन् भन्ने उदेश्य हो,’ नगर उपप्रमुख श्रेष्ठले भनिन्,‘घरयासी काम गरेर वचेको समयको सदुपयोग गर्दै महिलाहरु उद्यमी वन्न पनि सहज हुन्छ ।’ सिप सिकेपनि मेसिन अभावमा सिपको उपयोग गर्न नपाएकालाई लक्षित गरिनौट गरिएको थियो ।