प्रभु बैकका खातावालहरुले संगम मेडिहेल्थको सेवा शुल्कमा छुट पाउने
प्रभु बैकका खातावालहरुले संगम मेडिहेल्थको सेवा शुल्कमा छुट पाउने
चैत २९,गोरखा । प्रभु बैकमा खाता खोलेका व्यक्तिहरुले संगम मेडिहेल्थ क्लिनिकको उपचार सेवा शुल्कमा छुट पाउने भएका छन् ।
शनिवार बैकका गण्डकी प्रदेश प्रोजेक्ट इन्चार्ज राजु राना मगर र क्लिनिक संचालक संगम बाबु श्रेष्ठ बिच सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु बैकका खातावालसँगै उनका परिवारले संगम मेडिहेल्थ क्लिनिकबाट पाउने उपचार सेवा शुल्कमा २० प्रतिशतसम्म छुट पाउने बताइएको छ । ‘एक बर्षका लागी सम्झौता गरेका छौ,’ क्लिनिक संचालक श्रेष्ठले भने, ‘प्रभु बैकको जुनसुकै शाखामा खाता भएको व्यक्ति र उहाको परिवारहरुले सेवामा छुट पाउनुहुनेछ ।’ क्लिनिकबाट दन्त सेवा, भिडियो एक्स–रे सेवा, इसिजी सेवा, एक्स–रे सेवा, ल्याव लगायतका सेवा प्रदान हुदै आएको उनले बताए ।