एउटै पालिकामा नौ जनाको आकंक्षा
एउटै पालिकामा नौ जनाको आकंक्षा
चैत ३०,गोरखा । स्थानीय तह निर्वाचन नजिकिदै जादाँ नेपाली कांगेसबाट वडा सदस्य, वडा अध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षमा आकंक्षा राख्नेहरुले इच्छापत्र दायर गरिसकेका छन् । कतिपय वडामा वडा अध्यक्षमै आकंक्षा राख्नेहरु १० भन्दा वढी छन् । स्थानीय तह निर्वाचनमा उमेदवारी छनौटका लागि नेपाली कांग्रेसले नामावली संकलन गर्दा उनिहरुले इच्छापत्र दायर गरेका हुन ।
पालिका प्रमुखको अध्यक्ष र उपाध्यक्षमा आकंक्षा राख्नेहरुले आन्तरिक लविङ समेत थालेका छन् । शहिद लखन गाउपालिकाको अध्यक्षमा नौ जना आकाक्षि छन । काशिनाथ अंगाइ, नारायण प्रसाद लामिछाने, कृष्ण वहादुर आले, कमला लामिछाने, खुन प्रसाद रेग्मी, शरण श्रेष्ठ, जानुका अधिकारी, जनार्दन अर्याल, उमेष राज वाग्लेले अध्यक्ष पदका लागि इच्छा जाहेर गरेका छन् ।
निर्मला श्रेष्ठ, सर्मिला श्रेष्ठ, टिका श्रेष्ठ, कविता ढकाल उपाध्यक्षको आकांक्षि छन् । वडा अध्यक्ष देखि सदस्य सम्म सवै वडामा आकांक्ष गर्नेको संख्या धेरै रहेको नेपाली काग्रेस शहिद लखन गाउपालिका कार्यसमितिले जनाएको छ । भिमसेन थापा गाउपालिकामा अध्यक्षको आकांक्षि ९ जना छन् । उपाध्यक्षमा ६ जनाले आकंक्षा जनाउदै इच्छापत्र दायर गरेका छन् ।
अध्यक्षमा ठाकुर भट्ट, तारानाथ पुडासैनी, कृष्ण वहादुर वानिया, रोसन गुरुङ, विनु वाग्ले, भरत भट्ट, लिलानाथ लामिछाने, विदेश नराल, मुक्ति ढकाल आकांक्षि छन् । उपाध्यक्षमा अमृता वस्ती, शोभा वस्ताकोटी, शोभा खनाल भट्ट, विनु लामिछने, इन्द्र कुमारी तिवारी, सरिता भट्ट आकांक्षि छन् । गण्डकी गाउपालिका सात जना अध्यक्षका आकांक्षी छन् ।
होम वहादुर राना, श्याम लामिछाने, भिम अर्याल, दिनेश पन्त, तुलराम दाहाल, जानुका पन्त र धुव्र खनालले आकंक्षा राखेका छन् । उपप्रमुखमा ललिता अधिकारी, रजनी मिया, रिता अधिकारी आकांक्षि छन् । आसन्न स्थानीय तह निर्वाचन नजिकिदै जाँदा दलहरु आन्तरिक तयारीमा जुटेका छन् । चुनावी प्रचार प्रसार र घरदैलोका लागि दलहरु गाउँ केन्द्रित वनेका छन् ।