गुरुकुल भवनको शिलन्यास
गुरुकुल भवनको शिलन्यास
बैशाख ४,गोरखा । पालुङटार नगरपालिका–७ च्याङली स्थित चुँदीघाटमा ओंकार योग आयुर्वेद गुरुकुल विद्यालय भवनको निर्माण शुरु भएको छ । झण्डै ४० लाखको लागतमा वन्ने भवनको शनिबार एक कार्यक्रमका विच शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले शिलन्यास गरे ।
चुँदीघाटमा रहेको करिव ४० रोपनी क्षेत्रफल सार्वजनिक जग्गा भोचलनको अधिकार लिएर भवन निर्माण शुरु भएको गुरुकुल विद्यालयका प्रमुख गोविन्द रेग्मीले बताए । विद्यालयमा हाल १० विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन अभावमा यस अघि भाडाको घरबाट पठन पाठन हुदै आएको थियो ।
भवन निर्माणका लागि शिक्षा मन्त्रालयको ३६ लाख र नगरपालिकाले चार लाख वजेट छुट्टाएको छ । भवन निर्माण भएसँगै पठन पाठनमा सहज हुने रेग्मीले बताए । ‘चार कोठे पक्कि भवन वन्छ, त्यसमाथि ट्रस्ट राखेर पनि कोठा निकाल्छौँ,’ उनले भने ।
गुरुकुल विद्यालय भवन निर्माण सँगै चुँदीघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना छ ।