श्रेष्ठमाथि भएको आक्रमणप्रति गोरखा कांग्रेसको भत्र्सना
श्रेष्ठमाथि भएको आक्रमणप्रति गोरखा कांग्रेसको भत्र्सना
बैशाख १५,गोरखा । गोरखा नगरपालिकाको मेयरका लागी आकांक्षी कांग्रेसका बिश्वदेव श्रेष्ठमाथि भएको सांघातिक हमला प्रति कांग्रेस गोरखाले घोर भत्सर्ना गरेको छ । वुधवार प्रेस बिज्ञप्ती जारी गर्दैै उश्रृखंल व्यक्तिहरुबाट भएको हमला प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । कांग्रेसको गण्डकी प्रदेश समितिबाट मेयरको टिकट पक्का गरेर फर्कने क्रममा कांग्रेसकै केही युवाहरुले श्रेष्ठमाथि गोरखा नगरपालिका–६ वैकंरोडमा आक्रमण गरेका थिए । टिकट वितरणमा पक्षपात भएको भन्दै असन्तुष्ट पक्षले उनीमाथि कुटपिटसँगै पार्टी कार्यालयमा ताला समेत लगाएका थिए ।
साथै नगर समितिको कार्यालयमा धर्ना समेत दिएका थिए । केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे लगायत केही पक्षले राजनराज पन्तलाई टिकट दिलाउन केन्द्रसम्म सक्दो कसरत गरेका थिए । अन्ततः प्रदेशले गरेको निर्णयलाई उल्ट्याउदै केन्द्रिय समितिले श्रेष्ठले पाएको टिकट पन्तलाई उपलब्ध गराएको हो । श्रेष्ठमाथि भएको आक्रमणको सर्वत्र आलोचना हुदैँ आएको छ ।