गण्डकीमा माओवादी र जसपा बिच तामलेल
गण्डकीमा माओवादी र जसपा बिच तामलेल
बैशाख १८,गोरखा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गण्डकी गाउँपालिकामा माओवादी केन्द्र र जनता समाजावादी पार्टी विच चुनावी गठवन्धन भएको छ । पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमल्सीना र उपाध्यक्षमा जसपाको तर्फबाट भिम श्रेष्ठ उमेदवार वनेका हुन् ।
सहमति पछि जसपाबाट अध्यक्षमा उमेदवारी दिएकी सनमायाँ आले र माओवादी केन्द्रबाट उपाध्यक्षमा उमेदवारी दिएकी पार्वती गुरुङले अन्तिम नामावली प्रकाशन अघि शुक्रबार उमेदवारी फिर्ता लिएकी छिन् । दुवै दलले चुनाव प्रचार अभियान पनि संयुक्त रुपमा थालेका छन् । अध्यक्ष, उपाध्यक्षमा पदमा तालमेल गरेर चुनावी प्रचार अभियान शुरु भएको हो । वडा तह सम्म तालमेलका लागि छलफल पनि भइरहेको जसपाको तर्फबाट उपाध्यक्षमा उमेदवारी दिएका श्रेष्ठले बताए ।
‘अन्तिम नामावली प्रकाशन भइसक्यो, अध््रयक्ष र उपाध्यक्षमा लिखित रुपमै सहमति गरेर तालमेल भयो, वडा तहमा आन्तरिक सहमतिमा तालमेल टुङ्गाउँछौँ,’ उनले भने । जिल्लाको ११ वटै पालिकामा तालमेलका लागि सक्तागवन्धन दलकोे संयन्त्र वनेपनि भागवण्डा नमिल्दा तालमेल भाडिएको थियो । गण्डकी गाउँपालिकामा भने दुइ दल विच आन्तरिक रुपमा तालमेल भएको छ ।