२ सय १५ मतदानस्थल, ३ सय ११ मतदान केन्द्र
२ सय १५ मतदानस्थल, ३ सय ११ मतदान केन्द्र
बैशाख १९,गोरखा । स्थानीय तह चुनावका लागि गोरखामा २ शय १५ मतदानस्थल र ३ शय ११ मतदान केन्द्र रहेका छन् । स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तोकिएको छ । पालिकागत रुपमा अजिरकोट गाऊँपालिकामा १५ मतदानस्थल र २० मतदान केन्द्र, आरुघाट गाऊँपालिकामा १८ मतदानस्थल र २६ मतदानकेन्द्र, गण्डकी गाऊँपालिकामा २० मतदान स्थल र २५ मतदान केन्द्र, गोरखा नगरपालिकामा २५ मतदानस्थल र ४६ मतदानकेन्द्र रहने भएका छन् ।
यस्तै चुमनुब्री गाऊँपालिकामा २० मतदानस्थल र २१ मतदानकेन्द्र, पालुङटार नगरपालिकामा २३ मतदानस्थल र ४२ मतदानकेन्द्र, भिमसेनथापा गाऊँपालिकामा १८ मतदानस्थल र २४ मतदान केन्द्र, शहिद लखन गाऊँपालिकामा १९ मतदानस्थल र ३१ मतदानकेन्द्र, सिरानचोक गाऊँपालिकामा २३ मतदानस्थल र ३० मतदानकेन्द्र तथा वारपाक सुलिकोट गाऊँपालिकामा १९ मतदानस्थल र २९ मतदान केन्द्र रहेका छन् ।
निर्वाचन आयोगले गत चैत १३ गते देशभर मतदाता संख्या अद्यावधिक गर्नुका साथै मतदानस्थल र केन्द्रको टुंगो लगाएको हो । यस्तै मतदाता संख्या भने २ लाख १८ हजार ५ सय ६३ जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष मतदाता १ लाख ८ हजार २ शय ६० जना रहेकोमा महिला मतदाताको संख्या भने १ लाख १० हजार ३ सय ३ जना रहेको छ ।