निर्वाचनको वेला होटल रेष्टुरेन्ट राती साढे नौ वजेपछि खोल्न रोक
निर्वाचनको वेला होटल रेष्टुरेन्ट राती साढे नौ वजेपछि खोल्न रोक
मतदानको दिन सो केन्द्रमा मतदान गर्ने मतदाताहरु वाहेक अन्य वाह्य अनाधिकृत बयक्तिको प्रवेशमा पनि रोक
बैशाख २०,गोरखा । वैशाख २५ बाट जेष्ठ ७ गते सम्म राती ९.३० वजेबाट होटल रेष्टुरेन्ट खोल्न रोक लगाइएको छ । सोमबार वसेको निर्वाचन सुरक्षा सम्वन्धि सर्वदलिय वैठकले निर्वाचनको बेला होटल र रेष्टुरेन्ट साढे नौ वजे सम्म मात्र संचालन गर्न दिने निर्णय गरेको हो । मौन अवधिको समयमा जिल्ला भर मदिरा जन्य पदार्थको विक्रि वितरण तथा सवनमा पुर्ण रोक लगाउने वैठकले निर्णय गरेको छ ।
मतदानको दिनमा सो केन्द्रमा मतदान गर्ने मतदाताहरुवाकेह अन्य वाह्य अनाधिकृत ब्याक्तिको प्रवेशमा रोक लगाउने पनि वैठकले निर्णय गरेको छ । यस्तै राजनितिक दलहरुले सभा सम्मेलन र ¥याली एकै ठाउँमा र एकै समयमा नगर्न पनि भनेको छ । दलहरुले गर्ने सभा सम्मेलनको वारेमा स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
सामाजिक सदभाव कायम राखेर प्रचारात्मक कार्यक्रमका गर्न भनिएको हो । सामाजिक सदभाव खलवलिने किसिमा कार्यक्रमहरुको अयोजना नगर्न सचेत गराइएको छ । बैठकमा सहभागी राजनितिक दलले निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष वनाउन आचार संहिता पालनामा प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन शान्ति सुरक्षा खलवलिने गतिविधि भए नजिकको प्रहरी वा प्रशासनलाई खवर दिन पनि अनुरोध गरिएको छ । निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य संघ,चेम्वर अफ कमर्स लगायतका संघ सस्थाहरुले आवश्यक ब्यवस्था मिलाउने पनि सर्वदलिय वैठकले निर्णय गरेको छ ।