कुन पालिकामा कति मतदाता !
कुन पालिकामा कति मतदाता !
बैशाख २२,गोरखा । जिल्लामा मतदाता संख्या २ लाख १८ हजार ५ सय ६३ जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष मतदाता १ लाख ८ हजार २ शय ६० जना रहेकोमा महिला मतदाताको संख्या भने १ लाख १० हजार ३ सय ३ जना रहेको छ । पालिका अनुसार अजिरकोट गाऊँपालिकामा १२ हजार ५ शय ९२, आरुघाटमा १८ हजार ६ शय ७६, गण्डकीमा १८ हजार ५ शय ३१ र गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता रहेका छन् ।
यस्तै चुमनुब्री गाऊँपालिकामा ५ हजार १ शय २, धार्चेमा १० हजार ८ शय ८६, पालुङटारमा ३२ हजार ५ शय ९६, भिमसेन थापा गाउँपालिकामा १९ हजार ७ शय २२ जना मतदाता रहेका छन् । शहिद लखन गाऊँपालिकामा २३ हजार ६ शय १७, सिरानचोकमा २१ हजार ३ शय १८ र वारपाक सुलिकोट गाऊँपालिकामा २० हजार ४ शय ९२ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गोरखामा मतदाता संख्या १ लाख ६९ हजार ४३ रहेको थियो । ५ वर्षको विचमा जिल्लामा मतदाताको संख्या ४९ हजार ५ शय २० जनाले बढेको जिल्ला निर्वाचन कार्यालले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर १७ गतेदेखि एक महिना मतदाता नामावली संकलन अभियान चलाएको थियो ।
यस्तै आयोगले माघ २५ गतेदेखि मतदाता नामावली संकलन रोकेर विवरण अध्यावधिकको काम सुरु गरेको थियो । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाहरुले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।