कांग्रेसको संकल्प पत्र सार्वजनिक
कांग्रेसको संकल्प पत्र सार्वजनिक
बैशाख २५,गोरखा । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर रोजागारी, जिविकोपार्जन, उद्यमशिलता, कृषि तथा पशुपालन जस्ता कामलाई प्राथमिकतामा राखि संकल्प पत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको संकल्पपत्रमा वढी भन्दा वढी रोजगारी सिजर्ना गर्ने लाग्ने उल्लेख छ ।
स्वास्थ्य, शिक्षा, कृषि, पुर्वाधारका विषयलाई संकल्प पत्रले समेटेको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरीवी निवारण र स्थानीय राजस्व संकलनमा टेवा पु¥याउने खालको गतविधिको लागि पालिकामा आवश्यक संयन्त्र तयार गर्ने, स्थानीय तहमा उद्यमशिलताको लहर ल्याउन युवाहरुको सीप विकास गर्दै कृषि उर्जा, साना तथा मझौला उद्योगहरु, पर्यटकीय गतविधिहरुको विस्तारका लागि जोड दिएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा सभापति नन्द प्रसाद न्यौपानेले बताए ।
उन्नत बीउ, कर्जा र वीमा, वैकल्पिक उर्जा, साना लजविद्यत र सिंचाइका आयोजनाहरु मार्फत उत्पादकत्व वढाउने लक्ष्य रहेको उनले बताए । गोरखा अस्पताल र आँपपिपल अस्पतालको भौतिक पुर्वाधार, आवश्यक जनशक्तिको ब्यवस्थापन तथा प्रभावकारी सेवाको प्रवन्ध मिलाउने पत्रमा उल्लेख छ । सामुदायीक विद्यालयमा पुस्तकलालय ठाउँ विशेष स्थानीय भाषाबाट पठन पाठनको कामहरु अघि वढाउने ब्यवस्था गर्ने पनि कांग्रेस प्रतिवद्धता पत्रमा उल्लेख छ ।
सबै विद्यालयहरुमा विद्युत र इन्टरनेट सुविधा उपलब्ध गराउने, दुर्गम भेगका विद्यालयहरुलाई मर्ज गरी आवासिय सुविधा सहित विद्यालय संचालन गर्ने निति लिएको छ । गाउँपालिकामा कृषि क्षेत्रको विकास गर्न ताजा तरकारी, खाद्यान्न, बाली तथा बीउ उत्पादन, आलु अलैची, अम्रिसो, माछा, कुखुरा, बाख्रा, भैसी र गाइपालनसँगै दुध उत्पादनका कर्यक्रमहरुलाई केन्द्रित गर्ने, संभावनाको आधारमा पकेट क्षेत्र, ब्लक तथा जोन स्थापना गरी कृषिमा ब्यवसायीकरण तथा बजार प्रवद्र्धनका कार्यक्रम लागु गरिने पनि न्यौपानेले बताए । अन्तरपालिका स्तरीय रणनितिक सडकहरुको विस्तार तथा कालोपत्रे, वडा सम्म जाने बाटो ब्यवस्थित गरिने लगायतका विषय समेटिएको छ ।