सिर्दिवासबाट म्यादी प्रहरीको हेलिकप्टर मार्फत उद्धार
सिर्दिवासबाट म्यादी प्रहरीको हेलिकप्टर मार्फत उद्धार
बैशाख २७,गोरखा । चुमनुव्री गाउँपालिका–३ सिर्दिवासको पाङसिङ आधारभुत विद्यालयमा खटिएका म्यादी प्रहरी विरामी परेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । धार्चे गाउँपालिका–३ खोर्लावेशीका ५१ बर्षिय बेलवहादुर घलेलाई पेटको समस्या देखिएपछि उपचारको लागि सिर्दिवास स्वास्थ्य चौकि लगिएको थियो ।
पाङसिङबाट स्टे«चर मार्फत सिर्दिवास स्वास्थ्य चौकि लगेपनि उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौ स्थित नेपाल प्रहरी अस्पताल काठमाडौँ पठाइएको चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । आइतबार पाङसिङ पुगेका घलेलाई सोमबारबाट स्वास्थ्य समस्या देखिएको थियो । गृहमन्त्रालय सँगको समन्वय गरि उनलाई उपचारका लागि काठमाडौ पु¥याइएको हो ।