मनास्लु पदमार्गमा पहिरो
मनास्लु पदमार्गमा पहिरो
ज्येष्ठ १२,गोरखा । मनास्लु पदमार्ग अन्तरगत खोर्लावेशी तातापानी विचको लुस्य्राङ खोलामा सुख्खा पहिरो गएको छ । मंगलबार राती झरेको सुख्खा पहिरोले करिव १० मिटर पदमार्ग पुरेको हो । पहिरो खसेपछि वुधबार दिनभर आउजाउ ठप्प वन्यो । उत्तरी गोरखामा उपभोग्य सामाग्री ढुवानी गर्ने खच्चड समेत चल्न सकेन ।
नेपाली सेनाले लार्के जोड्ने सडकको ट्रयाक खोल्दै छ । ट्रयाक खुलेसँगै दोभान सम्म सवारी आउजाउ शुरु भएको थियो । लुस्य्राङ खोलाको सुख्खा पहिरोले वुधबार दिनभर सवारी आउजाउ पनि रोकिएको थियो । नेपाली सेनाको सडक निर्माण कार्यदलले वुधबार नै उत्त पहिरो खुलाउन शुरु गरेको छ । सुख्खा पहिरो हटाएर आउजाउ सहज बनाउने प्रयास गरिएको हो ।