बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने
बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने
ज्येष्ठ १६,गोरखा । गोरखा र धादिङको सिमानामा बन्ने बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । आइतवार आगामी आर्थिक बर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आयोजनाको मोडालिटी टुङ्गो लगाई निर्माण प्रक्रिया अघि बढाउने बताएका छन् ।
आयोजनाका लागी स्रोत सुनिश्चित गर्ने पनि उनले जानकारी गराए । निर्माणको काम शुरु नहुँदा आयोजना बन्ने नबन्नेमा प्रभावितहरु अन्योलमा छन् । आयोजना निर्माणको काम तत्काल शुरु गर्न भन्दै उनीहरुले समय समयमा आन्दोलन पनि गर्दै आएका छन् । तर अहिलेसम्म आयोजना कुन मोडेलमा बन्ने भन्ने टुङ्गो छैन । डुवान क्षेत्रको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ । घर, गोठ फलफुल र बोटविरुवाको मुआब्जा वितरण पनि शुरु भएको छ ।
चालु आर्थिक वर्ष मुआब्जा वितरण अन्तिम चरणमा पु¥याएर निर्माण शुरु गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्ष झण्डै साढे ६ अर्व वितरण गर्ने तयारी छ । आइतवार संसद बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले आयोजनाको मोडालिटी टुङ्गो लगाइ निर्माण कार्य अघि बढाउने बताएका छन् । त्यस्तै सरकारले गोरखकाली रवर उद्योगलाई उपयुत्त ढाँचामा संचालनमा ल्याउने भएको छ । आइतबार सार्वजनिक भएको वजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले रवर उद्योगलाई उपयुत्त ढाँचामा संचालन गर्ने बताएका हुन् ।