बारपाक सुलिकोट गाउँपालिकाले आइतवार बिदा नदिने
बारपाक सुलिकोट गाउँपालिकाले आइतवार बिदा नदिने
ज्येष्ठ १७,गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आइतवार सार्वजनिक बिदा नदिने भएको छ । आइतवार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । परिक्षणका लागी भन्दै नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतवार दुई दिन बिदा दिने निर्णय गरेको छ । बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँच बजेसम्म कार्यालय खुल्ने भनिएपनि बारपाक सुलिकोट गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो ।
आइतवार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले बिदा बाहेकका अन्य दिन कार्यालय बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म खुल्ने जनाएको छ । शुक्रवार भने बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म कार्यालय खुल्ने बताइएको छ । यद्यपी नेपाल सरकारले भने सार्वजनिक बिदा बाहेकका अन्य दिन बिहान साढे ९ देखि साँझ साढे पाँचसम्म कार्यालय खुल्ने निर्णय गरेको छ ।