भाडा समायोजनमा प्रशासनले वेवास्ता गरेको ट्याक्सी व्यवसायीको गुनासो
भाडा समायोजनमा प्रशासनले वेवास्ता गरेको ट्याक्सी व्यवसायीको गुनासो
गोरखाः ट्याक्सीको भाडा समायोजनमा प्रशासनले वेवास्ता गरेको भन्दै जिल्लाका ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन बढेपनि भाडा समायोजन नहुँदा आफूहरु मर्कामा परेको उनीहरुको भनाइ छ । जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिको शनिवार भएको पाँचौ साधारण सभामा सहभागीहरुले सो कुरा बताएका हुन् ।
‘तेलको मूल्य बढेको बढै छ,’ प्रालिका अध्यक्ष अमृत लामिछानेले भने,‘भाडा समायोजनका लागी बैठक बोलाइदिन भनेर गत मंसिर १ गते पत्र मार्फत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्दापनि अहिलेसम्म बैठक बोलाउनु भएको छैन ।’ साधारण सभाको अवसर पारेर प्रालिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पनि घोषणा गरेको छ ।
ट्याक्सीको मिटर, भाडादर, चालक पोशाक लगायतका बिषयलाई समेटेर निति तथा कार्यक्रम तयार पारिएको प्रालिका अध्यक्ष लामिछानेले बताए ।