जनप्रतिनिधीलाइ क्षमता विकास तालिम
जनप्रतिनिधीलाइ क्षमता विकास तालिम
गोरखाः शहिद लखन गाउँपालिका–७ मा रहेको स्थानीय सभाका सदस्य र नवनिर्वाचित जनप्रतिनिधीलाई क्षमता विकास तालिम दिइएको छ । वडा नम्बर ७ बुंकोटको आयोजना तथा सोच नेपालको सहजीकरण र ब्यवस्थापनमा भएको तालिममा स्थानीय सभाका सदस्य, टोलका अगुवा, नागरिक समाज तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गैसस महासंघ गोरखाका उपाध्यक्ष हरि देवकोटा र सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले सहजीकरण गरेका थिए ।
कार्यक्रममा उद्घोषणका तरिका, पूर्व तयारी, कार्यक्रम तथा बैठक सञ्चालन र सहजीकरणका बिधी, प्रकृया, प्रस्तुतीकरणका सिप, सामाजिक परिचालन, संचार सामाग्री, सामाजिक सञ्जालको सदुपयोगका तरिका, असल नेता र नेतृत्वका गुण, विशेषता, काम कर्तब्य र जिम्मेवारी लगायतका बारे जानकारी गराइएको थियो । त्यस्तै पालिकाको योजना तर्जुमाका प्रकृया र चरणहरु, बजेट निर्माणका विधी, योजना कार्यान्वयन तथा फरफारकका सरल तरिका, भुक्तानी प्रकृया, आवस्यक कागजात सम्भावित समस्या र चुनौतीका बारे समेत सहभागीलाई अभिमुखिकरण गराइएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । कार्यक्रममा नेतृत्व विकास सम्बन्धि प्रयोगात्मक प्रशिक्षण समेत गराइएको उनको भनाई छ ।