रेबिज रोग नियन्त्रणका लागी कुकुरको बन्ध्याकरण
रेबिज रोग नियन्त्रणका लागी कुकुरको बन्ध्याकरण
गोरखाः रेबिज रोग नियन्त्रणका लागी भन्दै जिल्लामा सामुदायिक कुकुरको वन्ध्याकरण गरिएको छ ।
बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष ७८ वटा कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जनाएको छ ।
वन्ध्याकरण गरिएका कुकरमध्ये ४२ वटा भाले र ३६ वटा पोथी जातका रहेका छन् । कुकुरको संख्यासँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बध्याकरण कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख डा। शर्मिला कुमालले बताइन् । ‘छाडा छाडिएका सामुदायिक कुकुरहरुको संख्या बढ्न थाले, यसले रेविजको जोखिम पनि बढायो,’ उनले भनिन्, ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन, अनि रेविजको जोखिम पनि कम हुन्छ ।’ बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिज बिरुद्धको खोप पनि लगाइएको उनले जानकारी दिइन् । कार्यालयले गण्डकी गाउँपालिकामा बन्ध्याकरण शिविर गरेको थियो । काठमाण्डौ स्थित भ्याली क्लिनिक सँग समन्वय गरेर शिविर गरिएको कार्यालयले जनाएको छ । शिविरमा केन्द्रबाट प्राविधिक टोलि समेत खटिएका थिए ।