यातायात मजदुर संगठनद्धारा जेब्रा क्रसिङ निर्माण
यातायात मजदुर संगठनद्धारा जेब्रा क्रसिङ निर्माण
असार १०, गोरखाः नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औ स्थापना दिवसको अवसरमा गोरखा– आबुँखैरेनी सडकखण्डमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
संगठनको जिल्ला कमिटी गोरखाले सो सडकखण्ड अन्तरगत बिभिन्न स्थानमा जेब्रा क्रसिङ बनाएको हो । शैक्षिक संस्था र बजार क्षेत्रलाई लक्षित गरिएको कमिटी जिल्ला अध्यक्ष शिव पोखरेलले बताए । कुन्दुर मावि दश किलो, सन्त जोसेफ स्कुल ११ किलो, रत्नराज्य मावि बिरेन्चोक, द्रव्यशाह बहुमुखी क्याम्पस र एघार किलो स्वास्थ्य चौकी रहेको क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको उनले जानकारी दिए ।
त्यस्तै दश किलो बजार, बाह्र किलो बजार, पन्ध्र किलो, हमरटारी र जिसस चोकमा पनि जेब्रा क्रसिङ बनाइएको छ । खोलखोलेमा स्वागत गेट समेत राखिने बताइएको छ ।