चुमनुव्री गाउँपालिकाले भेडा तथा चौरी संरक्षण गर्ने

चुमनुव्री गाउँपालिकाले भेडा तथा चौरी संरक्षण गर्ने


मङ्लबार, असार १४, २०७९


चुमनुव्री गाउँपालिकाले भेडा तथा चौरी संरक्षण गर्ने

असार १४,गोरखा । ब्यवसायीक पशुपालन तर्फ आकर्षित गराइ चुमुनुव्री गाउँपालिको चौरी संरक्षण गर्ने भएको छ । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले दुध मिसन कार्यक्रम अन्तरगत चौरी तथा भेडा संरक्षण कार्यलाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउने बताएको हो । याक र चौरी पालन ब्यवसायलाई सहयोग गरि छुर्पी तथा चिज उद्योग स्थापना गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै एक वडा एक गौरवको आयोजना अघि वढाउने चुमनुव्रीको निति तथा कार्यक्रममा उल्लेख छ ।

गाउपालिका केन्द्र फिलीम जोड्ने मोटरेवल पुल निर्माण गरी सवै गाउँहरुमा सडक सञ्जाल विस्तार गर्ने पनि गाउँपालिकाले लक्ष्य लिएको छ ।
चुमनुव्री गाउँपालिकाको महत्वपुर्ण क्षेत्र चुम उपत्यकाको श्याग्या÷अहिंसा ऐतिहासिक शताब्दी महोत्सव संचालन गर्ने, आफ्नै प्रशासकीय भवन निर्माण गर्ने, प्रदुषण नियन्त्रण गर्ने, बुद्ध माध्यमिक विद्यालयलाई स्थायी स्वीकृती लिइ स्थानीय आवश्यकता अनुसार प्राविधिक विषयको शिक्षा प्रदान गर्ने चुमनुव्रीको निति तथा कार्यक्रममा उल्लेख छ । भेडा पालन गर्ने वडा नम्वर ३ को न्याक र पाङसिङ लगायतका भेडापालक कृषकरुलाई उन्नत जातको भेडापालनका लागि सहयोग गर्ने निति तथा कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।



न्याक, विहि, प्रोक र चुम्चेतमा स्याउको पकेट क्षेत्र सञ्चालन गरी आवश्यक प्राविधिक तथा आर्थिक अनुदान उपलब्ध गराउने, फिलिम वजार हुदै गणेश हिमाल वेश क्याम्प जाने ट्रेकिङ रुटको सुधार तथा सेल्टरहरुको निर्माण गर्ने, वडा नम्वर ३ फिलिम र वडा नम्वर ४ को प्रोकमा आधुनिक सुविधासम्पन्न प्रशासकीय भवनको निर्माण गर्ने, बाढी र पहिरोले विस्थापित भएका सल्लेरी जगत लगायतका स्थानीय वासीहरुको आर्थिक तथा भौतिक रुपमा पुनस्थापन गरी सल्लेरी जगत लगायतका स्थानीय वासीहरुको आर्थिक तथा भौतिक रुपमा पुनस्थापना गरी दैनिक जिविकोपार्जनका लागि आवश्यक ब्यवस्था गर्ने पनि गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाको दिर्घकालिन महत्वको परियोजना तथा गुरुयोजना समेटिएका आयोजनाहरु प्राथमिकताका आधारमा कार्यन्वयन गर्ने, सिर्दिवासमा कृषि विकास बैक स्थापना गरी किसानहरुलाई सहुलियत ऋण सुविधा उपलब्ध गराउन पहल गर्ने पनि चुमनुव्री गाउपालिकाले लक्ष्य लिएको छ । रुपिनाला पर्यटन मर्मत एवंम सुधार , आवश्यक झोलुङ्गे पुल र सेल्टरको ब्यवस्था गर्ने, जडिवुटी तथा कृषि सहकारी मार्फत जडिवुटी प्रशोधन केन्द्र स्थापना गरी स्थानीयको आयआर्जनमा टेवा पु¥याउने पनि चुमनुव्रीले निति तथा कार्यक्रममा समेटेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda