जवरजस्ती करणी मुद्धाका फरार अभियुक्त पक्राउ
जवरजस्ती करणी मुद्धाका फरार अभियुक्त पक्राउ
असार १५,गोरखा । जवरजस्ती करणी मुद्धाका फरार अभियुक्त भीमसेन थापा गाउँपालिका–४ का बिनोद बिक पक्राउ परेका छन् ।
१६ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा उनी बिरुद्ध २०७७ साल चैत्र १५ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्धा दर्ता भएको थिए ।
सोही दिनदेखि फरार रहेका उनलाई मंगलवार घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिकलाई अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले पुर्पक्षका लागी थुनामा पठाइएको डिएसपी लिलाराज लामिछानेले बताए ।