१५ हजार घुस रकम सहित केसी पक्राउ
१५ हजार घुस रकम सहित केसी पक्राउ
गोरखाः गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी १्र५ हजार घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराबाट खटिएका टोलीले विहिबार राती केसीलाई सदरमुकामको एक होटलबाट पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिदैगर्दा केसी पक्राउ परेका हुन् । उनलाई विहिबार राती नै अख्तियारको टोलीलले पोखरा लगेको छ । अख्तियारको नियन्त्रणमा रहेका केसीको छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।