राष्ट्रपति रनिङ शिल्ड शुरु
राष्ट्रपति रनिङ शिल्ड शुरु
असार २१, गोरखा सदरमुकामको हरमटारी रंगशालामा नवौ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।
प्रतियोगीतामा आठ वटा पालिकाका विद्यालयका खेलाडीहरु सहभागी छन
चुमनुव्री, धार्चे, भिमसेन थापा, गण्डकी, वारपाक सुलिकोट गाउँपालिका तथा गोरखा र पालुङटार नगरपालिकाका खेलाडीहरु सहभागी छन् । प्रतियोगिताको विजेताका लागि ४४ वटा गोल्ड मेडल, स्वर्णपदक, रजतपदक तथा ६० जनाले काश्यपदक पाउनेछन् । प्रतियोगिता अन्तरगत भलिवल, कवडी, हाइजम्प, एथेलेटिक्स, एक सय मिटर, दुइसय मिटर, चारसय मिटर, आठ सय मिटर, १५ सय मिटर र तिन हजार मिटर दौड, रिले दौड, हाइजम्प, लम्जम्प,सर्टपुट ज्यावलिुङ थ्रो लगायतका विधमा खेलकुद हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतले बताए । राष्टपति रनिङ शिल्ड प्रतियोगीता आज सम्म संचालन हुने छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं वस्नेतको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण वहादुर राना, नवौ राष्ट्रपति रनिङ शिल्ड निर्देशन समितिका सदस्य वद्रि अर्याल, भलिवल रेफ्री विकास गुरुङ,पञ्चवहादुर राइ लगायतले मन्तब्य राखेका थिए । नियमित कार्यक्रम अन्तरगत नै प्रतियोगतिा आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । पालिका स्तरमा छनोट भएका खेलाडी लाई जिल्ला स्तरीय प्रतियोगीतामा सहभागीता गराइएको हो ।