धानवालीमा क्षति पुगेका ४ सय ८६ किसान राहतका लागी सिफारिस
धानवालीमा क्षति पुगेका ४ सय ८६ किसान राहतका लागी सिफारिस
असार २५, गोरखा ः गत बर्ष बेमौसमी बर्षातका कारण धानवालीमा क्षति पुगेका गोरखाका किसानलाई राहत रकम वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।
बिभिन्न पालिकाका कुल ४ सय ८६ जना पीडित किसानका लागी ३९ लाख ८२ हजार ७४५ राहत रकम माग गरिएको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । पालुङटार नगरपालिकाका ८६ जना कृषकका लागी ९ लाख २९ हजार, आरुघाट गाउँपालिकाका ९५ कृषकका लागी ६ लाख ८१ हजार र सिरानचोकका ४१ कृषकका लागी ५ लाख ३८ हजार रकम माग गरिएको उनले जानकारी दिए ।
त्यस्तै शहिद लखन गाउँपालिकाका ४५ कृषकका लागी ४ लाख ६८ हजार, बारपाक सुलिकोटका ९८ कृषकका लागी ४ लाख ३२ हजार, भीमसेन थापाका ५१ कृषकलाई ४ लाख ९९ हजार र अजिरकोट गाउँपालिकाका ७० कृषकका लागी ३ लाख ८५ हजार रकम माग गरिएको बताइएको छ । ‘चुमनुव्री, धार्चे र गण्डकी गाउँपालिकाबाट निवदेन आएन,’ समिति संयोजक भण्डारीले भने । बेमौसमी बर्षाका कारण धानवालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसार रकम