रोटरी र रोट¥याक क्लबको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
रोटरी र रोट¥याक क्लबको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
असार २६,गोरखा । रोटरी र रोट¥याक क्लब अफ गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच रोटरीको २० औ तथा रोट¥याकको ११ औ पद हस्तान्तरण कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बर्ष २०२१÷२२ का पदाधिकारीहरुले बर्ष २०२२ ÷ ३ का नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका छन् ।
शनिवार गोरखा सदरमुकाममा भएको संयुक्त कार्यक्रममा रोटरी क्लब अफ गोरखा बर्ष २०२२÷२३ का अध्यक्ष कृष्ण ढकाललाई बर्ष २०२१÷२२ का अध्यक्ष बिशाल राना मगरले पद हस्तान्तरण गरे । क्लबको बर्ष २०२२÷२३ को नयाँ बोर्ड सदस्यहरु ज्ञानहरी अर्याल, बिनोद बस्नेत, रामेश्वर श्रेष्ठ, अञ्जन खत्री, अजितरमण खनाल, संगम बाबु श्रेष्ठ, कृष्ण प्रसाद ढकाल, काजिराम श्रेष्ठ, सुरेन्द्र कुवँर, लक्ष्मी खत्री श्रेष्ठ, काशिनाथ अम्गाई र पवनरमण खनाल रहेका छन् ।
त्यस्तै कार्यक्रममा रोट¥याक्ट क्लब अफ गोरखाको बर्ष २०२२÷२३ का अध्यक्ष निरन्जन कट्टेललाई बर्ष २०२१÷२२ का अध्यक्ष समिर श्रेष्ठले पद हस्तान्तरण गरेका छन् । क्लबका बर्ष २०२२÷२३ का डिस्ट्रिक गर्भनर नोमिनी राजेन्द्रमान सेरचनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा, भीमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा लगायतको उपस्थिती रहेको थियो ।