विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमका लागी स्ुनारगाउँ छनोट
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमका लागी स्ुनारगाउँ छनोट
मौरी घार र बंगुरको पाठापाठी वितरण
असार २६,गोरखा । गोरखा नगरपालिका–१३ स्थित सुनार वस्तीका ५२ घरधुरीलाई लक्षित गरी मौरी घार र बंगुरको पाठापाठी वितरण गरिएको छ । विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत ४० वटा मौरीको घार र ३६ वटा बंगुरको पाठापाठी वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘पहिले मौरी पालन सम्बन्धी दुई दिने तालिम पनि दियौ,’ कार्यालय प्रमुख परशुराम अधिकारीले भने, ‘अनि घार र आवश्यक उपकरण उपलब्ध गरायौ ।’ मौरी चरनका लागी ८० थान लिचि, १ सय ५० थान चिउरी र ८० थान कागतीको बिरुवा समेत वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रम अन्तरगत दुई वटा वयर बोका पनि वितरण गरिएको छ । सामाजिक र आर्थिक दृष्टिले तुलनात्मक रुपमा पछि परेकालाई आयमूलक कार्यक्रममा सहभागी गराउदै गरिवि निवारणमा टेवा पु¥याउने उदेश्यले चालु आर्थिक बर्षबाट उक्त कार्यक्रम लागू भएको कार्यालयले जनाएको छ ।
खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रुपमा सवल बनाउने उदेश्य समेत कार्यक्रमको रहेको छ । कृषि वा अन्य परम्परागत पेशामा आश्रितहरुको बाहुल्यता भएको वा जीवन निर्वाहका जग्गा जमिन र पेशा व्यवसाय समेत नभएकाहरुको बाहुल्यता रहेको वस्तीलाई प्राथमिकतामा राखेर कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख अधिकारीले बताए ।
‘वस्ती छनोटका लागी जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति बनेको छ, त्यही समितिले स्थलगत निरिक्षण गरेर वस्ती छनोट गरेको हो,’ उनले भने । कार्यक्रम अन्तरगत बंगुरको खोर पनि निर्माण गरिएको बताइएको छ । अख्तियारी ढिला आउँदा बाख्रा र कुखुराको खोर निर्माण कार्य भने गर्न नसकिएको कार्यालयले जनाएको छ ।