गोरखा कारागारलाई पानी छान्ने उपकरण सहयोग
गोरखा कारागारलाई पानी छान्ने उपकरण सहयोग
असार ३०,गोरखा । रोटरी क्लव अफ गोरखाले गोरखा कारागारलाई पानी छान्ने उपकरण प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको विच क्लवका अध्यक्ष कृष्ण ढकालले एसपी केदार खनाल र कारागार शाखा प्रमुख गणेश भट्टराईलाई सो उपकरण प्रदान गरेका हुन् ।
बर्खाका बेला पानीका कारण कैदीबन्दीलाई स्वास्थ्य समस्या नदेखियोस् भनेर पूर्व सावधानी अपनाउँदै पानी छान्ने उपकरण प्रदान गरेको क्लवका अध्यक्ष ढकालले जानकारी दिए । यसअघि कारागारको पुरुष वार्डमा लायन्स क्लव अफ गोरखाले सो उपकरण दिएको थियो । महिला वार्डमा पनि यसको खाँचो परिपूर्ति गरेको भन्दै एसपी खनालले क्लवलाई धन्यवाद ज्ञापन गरेका थिए ।