लियो ३ जिल्लाका पदाधिकारीलाई प्रशिक्षण
लियो ३ जिल्लाका पदाधिकारीलाई प्रशिक्षण
श्रावण २, लियो जिल्ला परिषद ३२५ ले २०२२÷०२३ का क्लबका पदाधिकारीहरु लाई प्रशिक्षण दिएका छन् । लियो नेतृत्व यात्रा भाग २ अन्तरगत काठमाडौँ, गोरखा र नुवाकोटका १९ क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष लगायत क्लब तथा जिल्ला परिषदका विभिन्न पदाधिकारी अग्रजहरु सहित जम्मा ९६ जनाको सहभागिता रहेको क्लबले जनाएको छ । २५, असारमा भएको उक्त कार्यक्रमको लियो
जिल्ला परिषद अध्यक्ष किरण थापाको अध्यक्षतामा भएको थियो लायन्स जिल्ला ३२५ जे नेपालका प्रथम सह–गभर्नर लायन हरि प्रसाद मरहट्टाको प्रमुख अतिथ्यता भएको कार्यक्रममा लियो क्लब अफ काठमान्डौ सदाबहारका अध्यक्ष मााधव तिमल्सिनाले संयोजन गरेका थिए