‘एक घर पाँच फलफुल’
‘एक घर पाँच फलफुल’
श्रावण ३, गोरखा ःसिरानचोक गाउँपालिकाले एक घर कम्तिमा पाँच फलफुल रुख कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने भएको छ । चालु आर्थिक वर्षको निति तथा कार्यक्रम मार्पmत हरियाली प्रवद्र्धनका निति लिएको गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।
एक वडा एक पोखरी, एक वडा एक पार्क, एक वडा एक वालवाटिका निर्माण गर्ने कार्यलाई कार्यान्वयनमा ल्याउने पनि निति तथा कार्यक्रममा समेटेको छ । जेष्ठ नागरिकलाई घर भेटघाट कार्यक्रमलाई निरन्तरता दिइ मासिक सेवा दिने ब्यवस्था गर्ने पनि सिरानचोकको निति तथा कार्यक्रममा उल्लेख छ । वाझो जग्गामा खेति गर्नेलाई प्रोत्साहन गर्ने र न्यून आय भएका कृषकलाई जग्गाको भाडामा ५० प्रतिशत छुट दिने निति लिएको छ ।
गण्डकी गाउपालिकाले मातृशिशु मृत्यूदर कम गर्न सुत्केरी आमा र वच्चाको पौष्टिक आहाराका लागि पोषणयुत्त सामाग्री सहितको आमा कोषेलि कार्यक्रम संचालन गर्ने, गाउँपालिका स्तरीय सडक यातायात गुरुयोजना तर्जुमा गरिने, अनाधिकृत रुपमा नदि खोलामा पसि नदिजन्य पदार्थको चोरी निकासीमा संलग्न ब्याक्ति वा संस्था उपर शुन्य सहनसिलताको सिद्घान्त अपनाइ कडा कारवाही गर्ने पनि निति तथा कार्यक्रममा गण्डकी गाउपालिकाले समेटेको छ । शहरोन्मुख वस्तीहरुमा खाली स्थान राखी वस्ती विस्तार गर्ने निति लिने, गाउपालिकाको उपयुत्त क्षेत्रलाई औद्योगिक ग्राम क्षेत्र घोषणा गरी औद्योगिक ग्राम निर्माणका लागि आवश्यक पुर्वाधारको विकास गर्ने पनि गाउपालिको लक्ष्य छ ।