पदेलथोकमा वृक्षारोपण
पदेलथोकमा वृक्षारोपण
श्रावण ४, गोरखाः गोरखा नगरपालिका स्थित पदेलथोक दरबार मार्गमा फुलका विरुवा वृक्षारोपण गरीएको छ ।
गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा ६० प्रजातिका फुल रोपिएको हो । मंगलवार संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको े कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्ण कुमार रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले नेपालकै उत्कृष्ट गन्तब्यमा पर्ने गोरखा दरवार क्षेत्र वरिपरि त्यस क्षेत्रको शौन्दर्यता बढाउने उदेश्यले वृक्षरोपण गरीएको बताए । साथै गोरखा दरबार छिर्ने गैरीकुवाको गेटदेखि गोरखा दरवार सम्म नियमित रुपमा बृक्षारोपण गरिने उनले वताए । प्रमुख अतिथि
गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर रानाले नेपालकै प्रख्यात धार्मिक पर्यटकीय तथा ऐतिहासिक क्षेत्र गोरखा दरवार क्षेत्रको शौन्दर्यता बढाउन संघले गरेको कार्यको प्रशंसा गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि गरिने योजनाहरुमा गोरखा नगरपालिकाको पूर्ण सहयोग गर्ने बताए । उक्त कार्यक्रममा पदेलथोक टोल विकास संस्थाका अध्यक्ष मंगल थापा, गोरखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवन ज्योति श्रेष्ठ, पूर्व अध्यक्ष अच्युतलाल श्रेष्ठ, वडा नं। ५ का वडाध्यक्ष खिलवहादुर राना लगायतले मन्तव्य राखेका थिए