मान्द्रे–वारपाक सडकमा जोखिम
मान्द्रे–वारपाक सडकमा जोखिम
श्रावण ५, गोरखा ः लगातारको वर्षादले मान्द्रे–बारपाक विचको सडकमा जोखिम वढेको छ ।बारपाक र मान्द्रे विचमा करिव २० मिटर सडक भासिएको बारपाक सुलिकोट गाउँपालिका–२ का वडा अध्यक्ष पुर्ण वहादुर गुरुङले बताए । ‘साना गाडी त पास भएको छ, ठुलो गाडी चाहि छिर्न मुस्कील छ,’ उनले भने । निरन्तरको वर्षा पछि आउको लेदोले सडकको छेउमा चिरा परेको स्थानीयहरुले बताए ।
लगातार पानी वढे सडक भासिएर पुर्ण रुपमा अवरुद्ध हुने जोखिम रहेको भन्दै स्थानीयले चिन्ता जनाए । त्यस्तै वडा नम्वर २ को फोसिनान टोल पनि जोखिमा परेको छ । फोसिनानमा १२ घर छन् । ‘लेदो वगेर तलको वस्तीलाई जोखिममा बनाएको छ,’ उनले भने,‘पहाड धसिदै लेदो वस्ती तर्फ वग्ने समस्या थपिएको छ ।’
स्थानीयलाई रातमा सुरक्षित ठाउँमा वस्न आग्रह गरिएको वडा अध्यक्ष गुरुङले बताए । स्थानीयलाई सुरक्षित तवरले वस्नका लागि त्रिपाल समेत वितरण भएको छ । लगातारको पानीले वगाएको लेदो घर भित्र पस्ने जोखिम वढेको हो । राङरुङ–मान्द्रे सडक खण्डमा पनि ढुङ्गा खसेर मुस्कीलले सवारी आउजाउ गर्दै आएका छन् । उत्त सडक भएर बारपाक सहित लाप्राक र गुम्दाका स्थानीय आउजाउ गर्ने गर्छन् ।