भिमसेन थापाको जन्मजयन्ती मनाइयो
भिमसेन थापाको जन्मजयन्ती मनाइयो
श्रावण १०,गोरखा । राष्ट्रिय विभुती भिमसेन थापाको २४८ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । भिमसेन थापाको पुख्यौली थलो भिमसेन थापा गाउँपालिका–८ र गोरखा नगरपालिका–४ मा विविध कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हो । भीमसेन थापाको जन्मजयन्तीको अवसरमा भिमसेन थापा गाउँपालिकाले सोमबार सार्वजनिक विदा समेत दिएको थियो ।
भिमसेन थापा वोर्लाङ प्रतिष्ठानको आयोजना तथा भिमसेन थापा गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा वाजागाजा सहित वृहत ¥याली समेत निस्कीएको थियो । कार्यक्रममा भिमसेन थापाको जन्मस्थलमा रहेको हवेली क्षेत्रको संरक्षण तथा पुर्वाधार विकासका वारे अन्तरक्रिया पनि भएको थियो । कार्यक्रममा भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद वञ्जरा, उपप्रमुख अमृता वस्ती, प्रमुख प्रशासकीय अधिकृत चित्रवहादुर अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै गोरखा नगरपालिका–४ भीमसेन स्मृति उद्यानमा निर्मित थापाको शालिकमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको छ । थापाले ऐतिहासीक कालखण्डमा दिएको योगदान विर्सन नहुनेमा कार्यक्रमका सहभागीको जोड थियो । उत्त क्षेत्रको पर्यटन विकासमा पनि सहभागीले जोड दिएका थिए । गण्डकी प्रदेशका पुर्व मन्त्री तथा सासंद लेख वहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना लगायतले मन्तब्य राखेका थिए ।