भिमसेन थापामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु
भिमसेन थापामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु
श्रावण १०,गोरखा । मिमसेन थापा गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उत्त कार्यक्रम मार्फत ४२ जना गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । सेवा लिएका मध्ये एक जनाको स्वास्थ्यमा समस्या देखिएपछि विशेषज्ञ सेवाका लागि सिफारिस गरिएको छ ।
अव प्र्रत्येक महिनाको तिन दिन गाउँपालिका भरीका आठ वटा स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्सरेसेवा उपलब्ध गराउने गाउपालिकाले जनाएको छ । उत्त सेवा हरेक महिना ६ वटा स्वास्थ्य चौकि र दुइ वटा आधारभुत स्वास्थ्य इकाइबाट प्रवाह हुने खनालले बताए । स्वास्थ्य चेकजाँच हुने दिन स्वंयसेविका मार्फत खवर गर्ने गरिएको उनले बताए ।
आवश्यक जनशक्ति भने छिमेकी पालिकाको समन्वयमा ब्यवस्थापन गरिएको छ । पालिकाकाकै स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेर दक्ष वनाउने तयारी पनि भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अशत्त र जेष्ठ नागरिकलाई टोल÷टोलमै स्वास्थ्य परिक्षण अभियान पनि शुरु गरेको छ ।