करारका कर्मचारी हटाएकोमा ट्रेड युनियन कांग्रेसको विरोध
करारका कर्मचारी हटाएकोमा ट्रेड युनियन कांग्रेसको विरोध
साउन ११,गोरखा । साउन १ गतेबाट करार अवधि नविकरण नभएका कर्मचारीको विना शर्त तत्काल पुर्ववत कार्य गर्न दिन नेपाल ट्रेड युनियन कांग्रेसले माग गरेको छ । युनियनले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ध्यानाकर्षण पत्र वुझाउँदै कार्यसम्पादन मुल्याङ्कनलाई समेत वेवास्ता गरी आस्थाको आधारमा पुर्वाग्रही भावना राखी करारका कर्मचारी निष्कासन गरेको जनाएको हो ।
स्थानीय निकायहरुमा कार्यरत अस्थायी, करार कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा ३ विपरित सहमतिको प्रयास नै नगरी हटाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सेवा कार्यमा खटिएकालाई नियम विपरित लोक सेवा आयोगबाट पदपुर्तीको प्रक्रिया समेत शुरु नहुँदै निस्कासन गरिएको भन्दै विना सर्त काममा फर्काउन माग गरिएको हो ।