एसईईमा औषत जीपीए २.३७
एसईईमा औषत जीपीए २.३७
श्रावणगोरखा ः २०७८ को एसईई परिक्षामा ३.६ देखि ४ जिपिए ३७ जनाले ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार साधारण तर्फ औषत जीपीए २.३७ र प्राविधिक तर्फ औषत जीपीए २.६३ रहेको छ । एसईईमा साधारणतर्फ चार हजार सात सय ५५ र प्राविधिक तर्फ ७४जना सहभागी वनेका थिए ।
साधारण तर्फ ३.२ देखि ३.६ एक सय ७९ जनाले ल्याएका छन् । त्यस्तै २.८ देखि ३.२ पाँच सय ३३, २.४ देखि २.८ जीपीए एक हजार दुइ सय जनाले ल्याएका छन् । २.० देखि २.४ १७ सय २७ जनाले ल्याएका छन् । १.६ देखि २.० ल्याउने ९ सय ६६ जना रहेका छन् । १.२ देखि १.६ जीपीए ल्याउने १ सय ११ जना रहेको इकाईले जनाएको छ ।
द वल्ड क्यापिटल माध्यमिक विद्यालयकी मनिका सिर्मिलले ४ जीपीए ल्याएकी छिन् । देशभरको नतिजा अनुसार सिर्मल सहित ४२ज नाले ४ जीपीए ल्याएका हुन । सिर्मललले जिल्लाभरबाट सर्वोत्कृष्ट नजिता ल्याएको विद्यालयको दावी छ ।