आरुघाटमा खादा प्रयोगमा रोक
आरुघाटमा खादा प्रयोगमा रोक
श्रावण १५,गोरखा । आरुघाट गाउँपालिकाले खादा प्रयोगमा रोक लगाएको छ । साउन १० गतेको गाउँ कार्यपालिकाको वैठकले खादा प्रयोग नगर्ने निर्णय गरेको थियो । शुक्रबार सुचना जारी गर्दै गाउँपालिकाले सार्वजनिक सभा, सम्मेलन कार्यक्रममा खादा प्रयोग नगर्ने कार्यपालिका वैठकको निर्णय भएको पालिकावासीलाई सुचित गराएको छ ।
सभा सम्मेलनमा खादा प्रयोग वढ्दै जादा फजुल खर्च समेत वढेको थियो । किसानलाई फुल उत्पादनमा आत्मनिर्भर बनाई यसको प्रयोग वढाउन सके अझै उत्तम हुने स्थानीयहरुको सुझाव छ ।