लियो जिल्ला परिषद ३२५ जे नेपालको पहिलो बोर्ड बैठक सम्पन्न
लियो जिल्ला परिषद ३२५ जे नेपालको पहिलो बोर्ड बैठक सम्पन्न
श्रावण २४ गोरखा : लियो जिल्ला परिषद ३२५ जे नेपालको लायन वर्ष २०२२/२३ को पहिलो बोर्ड बैठक कास्कीको हेम्जा स्थित ग्रीन हाउस पार्टी प्यालेसमा शनिवार सम्पन्न भएको छ ।
लियो जिल्ला परिषद ३२५ जे नेपालको आयोजनामा भएको बोर्ड बैठक लियो क्लब अफ हेन्जाले होस्ट गरेको हो । परिषद्का पदाधिकारी सहित २० जना सहभागि रहको वैठक जिल्ला अध्यक्ष लियो किरण थापा क्षेत्रीको अध्यक्षतामा भएको थियो , कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे नेपालका लियो क्लब प्रमुख लायन रामराजा थापा, विषेश अतिथी प्रमुख जिल्ला सल्लाहकार लियो लायन हरिहर पराजुली लगायतले शुभकामना राखेका थिए ।
उक्त बैठकमा लियो जिल्ला परिषदको वेबसाईटको उद्घाटन तथा प्रमुख जिल्ला सल्लाहकार पराजुलीको जन्मदिन पनि मनाउनुका साथै वैठकले लायन बर्ष २०२२/२३ को लागि मार्गनिर्देशन गर्ने निर्णयहरु लिइएको जिल्ला अध्यक्ष थापाले बताए ।