दरौदी र चेपेबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

दरौदी र चेपेबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने


मङ्लबार, साउन २४, २०७९


दरौदी र चेपेबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

श्रावण २४, गोरखाः दरौदी र चेपे नदीबाट उत्पादन हुने १२० मेगावाटको बिद्युत १३२ केभी राष्ट्रिय प्रशारण ग्रिड लाइनमा जोड्ने गरी आयोजना निर्माणको काम अघि बढेको छ । डिपिआर तयार भइ ठेक्का सम्झौता भइसकेको केरावारी न्यू मस्र्याङदी १३२ केभी दरौदी करिडोर प्रशारण लाइन आयोजनाले जनाएको छ ।

दरौदी र चेपे नदीबाट उत्पादित १२० मेगावाट बिजुली सिरानचोक, गोरखा र पालुङटार हुदैँ तनहूँको मार्किचोकमा रहेको सवस्टेशनमा जडान गरिने आयोजना संयोजक कृष्णराज खनालले बताए । उनका अनुसार सिरानचोक गाउँपालिका–१ भिरसिङ स्थित कुदुङबारीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । सवस्टेशन निर्माणका लागी सो क्षेत्रमा ४२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । ‘दरौदी र चेपेको बिजुली त्यही सवस्टेशनमा जम्मा हुन्छ,’ खनालले भने, ‘त्यहाँबाट गोरखा–पालुङटार हुदैँ तनहूँको मार्किचोकमा लान्छौ ।’ आयोजना निर्माणका लागी गोरखा तर्फ करिव ७८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।



‘कतै व्यक्तिगत कतै सरकारी जग्गा लिनुपर्छ, त्यो प्रक्रिया अघि बढाइसकेका छौ, व्यक्तिगत जग्गाको मुआब्जा निर्धारणको प्रक्रिया पनि शुरु भइसकेको छ,’ आयोजना संयोजक खनालले भने । राष्ट्रिय प्रशारण ग्रिड लाइनमा जडान गर्नका लागी राखिने टावरको संख्या भने एकीन नभएको उनले बताए । करिव ५० करोडको लागतमा निर्माण हुने आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी स्किपर लिमिटेड जेभी ह्विथ स्यामा पावर लिमिटेडले पाएको छ ।

तीन बर्षमा काम सक्ने गरी २०७८ साल असार २७ गते ठेक्का सम्झौता भएको हो । राष्ट्रिय प्रशारण बिड कम्पनी लिमिटेड मार्फत निर्माण हुन लागेको उक्त आयोजनाले दरौदी र चेपे नदीमा उत्पादित १२० मेगावाटको बिद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागी पुलको काम गर्ने छ । ‘हामीले बिद्युत उत्पादन गर्ने होइन, उत्पादन भएको बिद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काम गर्ने हो,’ आयोजना संयोजक खनालले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda