बारपाक सुलिकोटमा २० वढी घर जोखिममा
बारपाक सुलिकोटमा २० वढी घर जोखिममा
श्रावण २५, गोरखाः लगातारको वर्षादले वारपाक सुलिकोट गाउँपालिकामा २० भन्दा वढी जोखिममा परेका छन् । जोखिम वढेपछि केहि घर विस्थापित वनेका छन् ।
वाढी र पहिरोले उच्च जोखिममा परेका घर धुरी छिमेकी र सुरक्षित स्थानमा बस्न थालेका हुन् । बारपाक सुलिकोट वडा नम्वर १ तसराको ७ घर, वडा नम्वर २ मान्द्रेको ११ घर, बालुवाको ४ घर, रन्चोकको १ घर, वडा नम्वर १ पन्द्रुङको १ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । जोखिम वस्तीका स्थानीय सुरक्षित स्थानमा सरेका छन् । अविरल वर्षाद पछि भल पस्ने, पहिरो झर्ने जोखिमले स्थानीय विस्थापित वनेको उनले बताए ।