गुरुकुललाई खाद्यान्न सहयोग
गुरुकुललाई खाद्यान्न सहयोग
श्रावण २५, गोरखाःनेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा गुरुगोरक्ष वैदिक गुरुकुलमा खाद्यान्न सहयोग गरिएको छ ।
खाद्यान्न सामाग्री सँगै केहि नगद हस्तान्तरण गरिएको नेपाल महिला संघ नगर कार्यसमितिले जनाएको छ ।
कार्यक्रममा काग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, महासमिति सदस्य राजन राज पन्त, नगरसभापति चन्दनबावु खत्री, नेपाल महिला संघ नगर कार्य समितिका सभापति विना कुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।