बालवालिकालाई कोभिड विरुद्धको खोप
बालवालिकालाई कोभिड विरुद्धको खोप
श्रावण ३०, गोरखाः ५ बर्ष देखि ११ वर्षसम्मका बालवालिकाहरुलाई भदौ ५ गतेबाट कोरोना विरुद्धको फाइजर–वायोएनटेक खोप अभियान संचालन हुने भएको छ ।
चुमनुव्री वाहेक १० पालिकामा खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभरका २८ हजार २८ जना वालवालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमा विद्यालय भित्र रहेका २७ हजार ६ सय १३ र विद्यालय वाहिरका चार सय पाँच जना वालवालिका छन्
अभियान संचालनका लागि तिन सय ९७ खोप केन्द्रमा सात सय ९४ स्वंय सेवक खटाउने स्वास्थ्य कार्यालयको तयारी छ । विद्यालयले तयार गरेको कक्षागत सुचिको आधारमा खोप दिने वालवालिकाको तथ्याङ्क संकलन भएको हो ।