८५ वर्षिय वृद्ध मृत भेटिए
८५ वर्षिय वृद्ध मृत भेटिए
श्रावण ३०, गोरखाःसिरानचोक गाउँपालिका–८ को चामपानी जंगलमा ८५ वर्षिय वृद्ध धनराज गुरुङ मृत भेटिएका छन् ।
साउन १९ गते बाख्रा हेर्न गएका गुरुङ सम्पर्कविहिन वनेका थिए ।
स्थानीय र प्रहरीले खोजतलास गर्दा साउन २७ गते मृत भेटिको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थायी घर भएका गुरुङ जौवारीमा छोरीका घरमा वस्दै आएका थिए ।
मृतकको शव पोष्टमाट पछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।