मलामी गएका पुरुष नदिमा वेपत्ता
मलामी गएका पुरुष नदिमा वेपत्ता
भाद्र १, गोरखा नगरपालिका–१३ सिम्लेफाँटका ५५ बर्षिय भुवनवहादुर अधिकारीलाई दरौदी नदिले वगाएर वेपक्ता वनाएको प्रहरीले जनाएको छ । अधिकारी रामशाहघाट स्थित दरौदी नदिमा नुहाउने क्रममा वेपक्ता वनेका हुन् ।
दरौदीको भंगालोमा फसेका अधिकारीलाई वगाएर मस्र्याङदीमा पु¥याएको प्रत्यक्षदर्शीले बताए । वेपक्ता वनेका अधिकारीको मंगलबार दिनभर खोजतलास गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । वेपक्ता अधिकारीको खोजिका लागि स्थानीय, प्रहरी र कुरिनटारमा रहेको विपद ब्यवस्थापन तालिम शिक्षालयका शसस्त्रको टोलि पनि परिचालन गरिएको थियो ।