गुम्दामा आलु मेला
गुम्दामा आलु मेला
भाद्र ६, गोरखाः गुम्दामा धार्चे गाउँपालिका–५ गुम्दामा पाँच दिने आलु मेला भएको छ । गुम्दा एकता युवा क्लवको आयोजनामा मेला भएको हो ।
गुम्दामा उत्पादित आलु प्रवद्र्धनमा सहयोग पुग्ने उदेश्यले मेला गरिएको हो । मेलाको अवसरमा भलिबल लगायतका खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम भएको थियो । धार्चे सहित शहिद लखन, भिमसेन थापा, आरुघाट, चुमनुव्री, धार्चे, बारपाक सुलिकोट लगायतका ठाँउबाट मेला हेर्न स्थानीय पुगेका थिए । ‘आफ्नो गाउँ आफ्नो पहिचान, खेलकुद कला संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भदौ १ गतेबाट पाँच गते सम्म आलु मेला भएको हो ।