मनास्लु आरोहणका लागी ११ जनाले लिए अनुमती
मनास्लु आरोहणका लागी ११ जनाले लिए अनुमती
भाद्र ९, गोरखाः शरद ऋतुमा मनास्ल्ु हिमाल आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वुधबार सम्म तिन हिमाल चढ्ने अनुमति १५ जनाले लिएकोमा सवैभन्दा वढी मनास्लु चढ्न अनुमती माग्ने ११ जना छन् ।
विभागका अनुसार मनास्लु आरोहणका लागि नौ पुरुष र दुइ महिलाले अनुमति मागेका हुन् । मनास्लुको आरोहणका लागि अनुमती लिने सँग विभागले १२ लाख ६२ हजार दुइ सय ५० रुपैयाँ रोयल्टी समेत संकलन भएको छ । तिन वटै हिमाल चढ्ने बाट भने वुधबार सम्म १३ लाख ७३ हजार दुइ सय ४२ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
विभागका अनुसार आठ हजार १ सय ६३ उचाइको मनास्लु सहित हिमलुङ र सारिबुङ हिमाल चढ्न अनुमती जारी भएको छ । विभागको वुधबार सम्मको तथ्याङ्क अनुसार तिन हिमाल चढ्न अनुमति माग गर्नेमा अर्जेन्टिनाबाट ८, जर्मनबाट २, इटलीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमती लिएका छन् शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् ।