तिज भड्कलो र खर्चिलो गरी नमनाउन आग्रह
तिज भड्कलो र खर्चिलो गरी नमनाउन आग्रह
भाद्र ९, गोरखाः तिज पर्व भड्कीलो रुपमा तामझाम,तडकभडक र खर्चिलो हुने गरि नमनाउन प्रशासनले आग्रह गरेको छ ।विगत केहि वर्ष यता तिज पर्व मनाउने नाममा तडक भडक सहितका कार्यक्रम हुदै आएको भन्दै प्रशासनले सचेत गराएको हो ।
परम्परा, सामाजिक रिति रिवाजलाई निरन्तरता दिने तथा सम्वर्दन गर्ने वाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महङ्गा तिजसँग सम्वन्धीत कार्यक्रम नगर्न प्रशासनले अनुरोध गरेको छ । ऐन नियमको विपरित भड्कीलो, तामझाम र खर्चिलो गरे कानुन वमोजिम कारवाही हुने पनि प्रशासनको चेतावनी छ ।
धार्मिक, सामाजिक तथा सास्कृतिक पर्वहरु मनाउने सम्वन्धमा सामाजिक ब्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले ब्यवस्थित र नियमित गरेको छ ।