राप्रपा नेपालद्धारा उमेदवार सिफारिस
राप्रपा नेपालद्धारा उमेदवार सिफारिस
गोरखाः राप्रपा नेपालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्वर १ को प्रतिनिधिसभा तर्फ सहायक पाटीका महामन्त्री हिक्मत जंग भण्डारी, गोरखाका संस्थापक अध्यक्ष विष्णुहरी अर्याल र मान वहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ । त्यस्तै १ को समानुपातिकमा विजय मल्ललाई सिफारिस गरिएको छ । त्यस्तै १ को प्रदेश ‘क’ को प्रत्यक्षमा हरिराम अर्याल, पंफा खनाल र पुर्ण वहादुर गान्धारीलाई सिफारिस गरेको छ । सोहि क्षेत्रको समानुपातिकमा माया देवी खनखवास र सिता पाठक, १ को प्रदेश सभा ख को प्रत्यक्षमा सरिता देवकोटा तथा समानुपातिकमा दावा दोर्जे लामालाई सिफारिस गरेको छ । क्षेत्र नम्वर २ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फ महेश्वर रोका, शंकर राज अकिारी, उज्वल पोखरेल र सफि दिन मियाँलाई सिफारिस गरिएको राप्रपा नेपालले जनाएको छ । क्षेत्र नम्वर २ को ‘क’ प्रदेश सभामा प्रत्यक्ष तर्फ शभ्भु न्यौपाने, अर्जुन वस्ेनत र राम माया केसी, समानुपातिक तर्फ पुर्ण कुमारी विक र कृष्ण गिरी, प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ कुल वहादुर वस्नेत, समानुपातिक तर्फ यम वहादुर राना, ठाकुर प्रसाद ढकाल र टिका कुमारी खड्काको नाम सिफारिस भएको छ । जिल्ला समितिले प्रदेशमा नाम सिफारिस गरेको राप्रपा नेपालले जनाएको छ ।